Posts

Showing posts from June, 2026

पहाडको खोंचमा उदाएको आस्था र विकासको सङ्गम: सुपा देउरालीको धार्मिक, ऐतिहासिक र पुरातात्विक वैभव

Image
  विशेष रिपोर्ट |  नरपानी, अर्घाखाँची महाभारत पर्वत शृङ्खलाको नर्तनाञ्चल पर्वतस्थित कहालीलाग्दो खोंच। जहाँबाट सिरेटो छिचोल्दै नागबेली सडक अघि बढ्छ, त्यहीँ प्रकृतिको अनुपम काखमा विराजमान छ,नेपालकै एक प्रख्यात शक्तिपीठ 'सुपा देउराली' । करिब ४,५०० फिटको उचाइमा अवस्थित यस मन्दिरले केवल लाखौं भक्तजनको धार्मिक आस्था मात्र बोकेको छैन, बाइसे-चौबीसे राज्यकालको इतिहास, पुरातात्विक रहस्य र आधुनिक समाज रूपान्तरणको जीवित कथा पनि सँगै बोकेको छ। इतिहास र किंवदन्तीको रोमाञ्चक सङ्गम सुपा देउरालीको इतिहास जति प्राचीन छ, यससँग जोडिएका किंवदन्तीहरू त्यति नै रहस्यमयी छन्। प्राप्त ऐतिहासिक तथ्यहरूका अनुसार, वि.सं. १६०० तिर खाँचीका राजा विश्वपाल शाहले आफ्नी छोरी सुवर्ण कुमारीको सम्झनामा यहाँ भगवतीको स्थापना गरेका थिए। तर, स्थानीय जनश्रुतिले अर्कै मार्मिक कथा बोल्छ। बाइसे-चौबीसे युगमा भारतको बलरामपुरकी राजकुमारीलाई विवाह गरेर ल्याउँदा बाटोमा दुलहीको जातिको विषयमा विवाद भयो। त्यो सामाजिक अपमान सहन नसकी राजकुमारीले पालकीभित्रै प्राण त्याग गरिन्। त्यसपछि गाउँमा अनिष्ट हुन थालेपछि तिनै मृत राजकुमारीलाई ...

अन्तरिक्ष बजारमा बेइजिङको नयाँ साम्राज्य: विश्वव्यापी 'स्पेस हब' बन्ने चीनको महत्त्वाकांक्षी उडान

Image
राजनीतिक र सांस्कृतिक शक्तिको केन्द्रका रूपमा विश्वमा बिख्यात चिनियाँ राजधानी बेइजिङले अब आफ्नो पहिचानको दायरा फराकिलो बनाएको छ। पछिल्लो समय यो सहर निजी क्षेत्रको नेतृत्वमा विश्वव्यापी व्यावसायिक अन्तरिक्ष उडान (कमर्सियल स्पेसफ्लाइट) को नयाँ मुकाम बन्ने दौडमा तीव्र गतिमा अगाडि बढिरहेको छ। हालै मात्र बेइजिङस्थित निजी एयरोस्पेस कम्पनी 'ल्यान्डस्पेस'ले आफ्नो 'झुक्वे-२ई वाई६' रकेटको मद्दतले दुईवटा भूउपग्रह (स्याटेलाइट) सफलतापूर्वक पृथ्वीको कक्षमा स्थापित गर्‍यो। यस सफलताले बेइजिङको उदीयमान अन्तरिक्ष उद्योगले कति छिटो प्राविधिक छलाङ मारिरहेको छ भन्ने स्पष्ट पार्छ। उत्तरी हाइडियन: अन्तरिक्ष क्रान्तिको नयाँ केन्द्रबिन्दु बेइजिङको उत्तरी क्षेत्रमा पर्ने हाइडियनमा अहिले यस ऐतिहासिक रूपान्तरणको मुख्य हब बनेको छ। यहाँ करिब १०० अर्ब युआन (१४.७ अर्ब अमेरिकी डलर) को विशाल 'एयरोस्पेस क्लस्टर' निर्माण भइरहेको छ। यसले स्याटेलाइटको डिजाइन गर्नेदेखि लिएर अन्तरिक्ष डाटाको विश्लेषण गर्नेसम्मका सम्पूर्ण कामहरूलाई एउटै छातामुनि ल्याएको छ। हाइडियनको सामर्थ्य झल्काउने केही तथ्यहरू: कम्प...

के विश्वकपमा जुर्ला मेसी र रोनाल्डोको अन्तिम महाभिडन्त ?

Image
आधुनिक फुटबलको करिब २० वर्ष दुई ध्रुवमा बाँडियो,एउटा ध्रुवमा अर्जेन्टिनी जादुगर लियोनल मेसी र अर्कोमा पोर्चुगिज गाेल मेसिन क्रिस्टियानो रोनाल्डो। यी दुई हस्तीहरूले सन् २०२३ मै युरोपेली क्लब फुटबलको सर्वोच्च मञ्चलाई बिदा गर्दै क्रमशः अमेरिकाको इन्टर मायामी र साउदी अरेबियाको अल नासरलाई आफ्नो नयाँ गन्तव्य बनाए। तर, फुटबल पण्डित र समर्थकहरूको मनमा अझै एउटा प्रश्न अनुत्तरित छ, के विश्व फुटबलको सबैभन्दा ठूलो क्यानभास अर्थात् 'विश्वकप'मा यी दुईको प्रत्यक्ष रणनीतिक भिडन्त कहिल्यै होला? सन् २००६ को जर्मनी संस्करणबाट एकैपटक विश्वकपको यात्रा सुरु गरेका यी दुई महारथीले अहिलेसम्म यस महाकुम्भमा एकअर्काको सामना गर्नु परेको छैन। तर यसपटकको प्रतियोगिताको 'फिक्स्चर' र 'ड्र' को गणितीय समीकरणले यो बहुप्रतीक्षित ऐतिहासिक भिडन्तको ढोका भने खुला गरिदिएको छ। क्लबको राइभलरी, अन्तर्राष्ट्रिय मञ्चको खडेरी ला लिगामा बार्सिलोना र रियल म्याड्रिडको जर्सीमा यी दुईले कैयौं पटक 'एल क्लासिको'को मैदान तताए। डिसेम्बर २०२० मा च्याम्पियन्स लिगअन्तर्गत युभेन्टसले बार्सिलोनालाई ३-० ले स्तब्ध पा...

"फ्रान्सेली रेकर्ड ताेडेर उदाएका ' फुटवलका निर्मम सुनामी' " किलियन एम्बाप्पे !"

Image
फ्रान्सेली फुटबलको उर्वर भूमिले जस्ट फन्टेन, मिशेल प्लाटिनी, जीन-पियरे पापिन र थियरी हेनरी जस्ता महान् हस्तीहरू जन्मायो। तर, जब विपक्षीको पोस्टमाथि निर्मम प्रहार गर्ने र गोलको वर्षा गर्ने कुरा आउँछ, तब सेनेगलविरुद्धको विश्वकप उद्घाटन खेलपछि एउटा अकाट्य सत्य स्थापित भएको छ, किलियन एम्बाप्पे उनको अगाडि इतिहासका ती सबै सुनौला पानाहरू फिका पर्छन्। मात्र २७ वर्षको उमेर। रियल मड्रिडका यी जादुगर फरवार्डले ५८ अन्तर्राष्ट्रिय गोलसहित ओलिभियर जिरुडलाई पछि पार्दै आफूलाई फ्रान्सको 'सर्वकालीन सर्वाधिक गोलकर्ता' को सिंहासनमा स्थापित गरेका छन्। यो केवल एउटा रेकर्डको पतन होइन, यो विश्व फुटबलमा एम्बाप्पे युगको डरलाग्दो उद्घोष हो। आफ्नै रेकर्ड तोडिएपछि पण्डितको रूपमा बोल्दै जिरुडले भने, "बधाई छ किलियन! म उनको लागि धेरै खुसी छु। यो स्वाभाविक थियो। उनले अब फ्रान्सका हरेक कीर्तिमान तोड्नेछन्,चाहे त्यो सर्वाधिक खेल होस् वा गोल। मलाई लाग्छ उनले सजिलै १०० गोलको आँकडा पार गर्नेछन् र मिरोस्लाभ क्लोजको विश्वकप रेकर्ड पनि खरानी बनाउनेछन्। उनी साँच्चिकै अद्भुत क्षमताका छन्।" तथ्यांक जसले फुटबल पण...

टिकिटाकाको चिहान: स्पेनको अहङ्कार जलाउने केप भर्डेको 'अभेद्य पर्खाल' र ४० वर्षे बाघको गर्जन!

Image
फुटबल प्रेमी पाठकहरूलाइ आज म  मैदानमा घटेको यस्तो महासंग्रामको नालीबेली सुनाउँदैछु, जसले विश्व फुटबलको मानचित्रमा भूकम्प मात्र ल्याएको छैन, ठुला टिमको घमण्डलाई मैदानको धुलोमा मिलाइदिएको छ। स्पेन—विश्व फुटबलको महारथी, 'टिकिटाका' को जादुगर! अनि अर्कोतर्फ केप भर्डे—विश्वकपको मञ्चमा भर्खरै बामे सर्न लागेको सानो अफ्रिकी राष्ट्र। कागजमा हेर्दा यो खेल हात्ती र कमिलाको लडाइँ जस्तो लाग्थ्यो। स्पेनले सोच्यो होला, "आज गोलको वर्षा हुन्छ।" तर अहँ! मैदानमा जे देखियो, त्यसले सारा विश्वको मुटुको ढुकढुकी बढाइदियो। केप भर्डेले स्पेनलाई हराएन, तर स्पेनको छातीमा टेकेर विश्वलाई आफ्नो उपस्थितिको डरलाग्दो सन्देश भने पक्कै दियो! १. स्पेनिस 'बुलेट ट्रेन' लाई रोक्ने फलामे पर्खाल   फुटबल सधैं आक्रमणको खेल मात्र होइन; कहिलेकाहीँ आफ्नै किल्ला बचाउनु पनि युद्ध जित्नु सरह हुन्छ। हिजो केप भर्डेले मैदानमा ११ जना खेलाडी उतारेको थिएन, उनीहरूले आफ्नै पेनाल्टी बक्स वरपर ११ वटा सिमेन्टका पिल्लर गाडेका थिए। विङ्गरदेखि मिडफिल्डरसम्म सबैले ज्यानको बाजी लगाए। स्पेनले लगातार आक्रमणको हुरी त चलायो, तर क...

फ्रान्सेली 'बुलेट' सामु सेनेगलको 'घातक पासो' : आज राति फ्रान्सको अग्निपरीक्षा !

Image
फिफा विश्वकप २०२६ को समूह 'आई' अन्तर्गत आज राति न्युयोर्कको मैदानमा फुटबलको वास्तविक रणभूमि तयार हुँदैछ। एकातिर पूर्व विश्व च्याम्पियन फ्रान्स आफ्नो पूरै शक्तिसहित मैदानमा उत्रिँदैछ भने, अर्कोतिर अफ्रिकी सिंह 'सेनेगल' सिकारका लागि भोको छ। यो केवल एउटा खेल होइन, दुई विपरीत तर उत्तिकै खतरनाक फुटबल शैलीबीचको प्राणघातक भिडन्त हो। फ्रान्स: डिफेन्स भत्काउने 'बारुदी आँधी' डिडिएर डेसच्याम्प्सको टोली यसपटक विपक्षीका लागि कुनै दुःस्वप्नभन्दा कम छैन। फ्रान्सको रणनीतिक सन्तुलनले जो कोहीलाई पनि घुँडा टेक्न बाध्य पार्न सक्छ। विनाशकारी अग्रपङ्क्ति: किलियन एम्बाप्पेको बुलेट जस्तो गति र उस्मान डेम्बेलेको छकाउने कलाले सेनेगलको डिफेन्सलाई तहसनहस पार्न सक्छ। यो जोडी मैदानमा उत्रिँदा विपक्षीको रक्षापङ्क्तिमा भूकम्प जानु स्वाभाविक हो। अभेद पर्खाल: औरेलियन चुवामेनी र एड्रियन राबियोटले मिडफिल्डमा कब्जा जमाउनेछन्। रक्षापङ्क्तिमा रहेका विलियम सालिबा र डायोट उपामेकानोको पर्खाल फोड्नु भनेको सेनेगलका लागि फलामको चिउरा चपाउनु सरह हुनेछ। सेनेगल: साइलेन्ट किलर र घातक प्रत्याक्रमण सेनेगललाई ...

'वान मिस्टेक, गेम फिनिस' : विश्वकपको चक्रव्यूहमा जब महारथीहरूको घमण्ड गर्ल्याम्म ढल्छ!

Image
फुटवल खेलको मैदानमा इतिहासले गोल गर्दैन, वर्तमानले बोल्छ। जब रेफ्रीको ह्विसल बज्छ, कागजी तथ्याङ्क र स्टार खेलाडीको रवाफ,टिम समर्थककाे भिड हावामा बिलाउँछ। फिफा विश्वकप २०२६ का पछिल्ला तीन भिडन्तले एउटा निर्मम सत्यलाई उजागर गरेका छन्— यहाँ गल्तीको कुनै क्षमादान छैन। 'वान मिस्टेक, गेम फिनिस!' उपाधिका दाबेदार मानिएका युरोपियन र दक्षिण अमेरिकी महारथीहरू नवप्रवेशी र अन्डरडग टोलीको रणनीतिक जालमा नराम्ररी फसेका छन्। स्पेनको खडेरी, बेल्जियमको संघर्ष र उरुग्वेको 'हार्ट-अट्याक' मोमेन्टले यसपटकको विश्वकपको समीकरण कति खतरनाक छ भन्ने स्पष्ट पारिदिएको छ। १. स्पेनको अहंकारमाथि केप भार्डेको 'बज्रपात' युरोपियन च्याम्पियन स्पेनले सायद सपनामा पनि सोचेको थिएन कि विश्वको तेस्रो सानो राष्ट्रले उसको विश्वकप अभियानको सुरुवातमै यति भयानक तगारो खडा गर्नेछ। एट्लान्टाको मैदानमा ६७ हजार दर्शक साक्षी राखेर केप भार्डेले स्पेनिस 'टिकी-टाका'लाई माटोमा मिलाइदियो। ४० वर्षे पर्खाल: केप भार्डेका गोलरक्षक भोजिन्हा उमेरले ४० पुगे पनि स्पेनिस स्ट्राइकरहरूका लागि उनी अभेद्य फलामे पर्खाल बने। उन...

"मध्य पुर्वकाे भुमी हरेक उन्मत्त साम्राज्यहरूकाे पतनकाे लागी चिहान हाे ।"

Image
 इतिहासको छातीमा कोरिएको एउटा निर्मम सत्य छ— जसले मध्यपूर्वको बालुवामाथि आफ्नो साम्राज्यको झण्डा गाड्ने दुस्साहस गर्‍यो, त्यो अन्त्यमा यहीँको माटोमा सधैँका लागि दफन भयो। मेसोपोटामियाका प्राचीन शासकदेखि अलेक्ज्याण्डर द ग्रेट, अजेय मानिएका रोमन, अटोमन, विश्वभर साम्राज्य फैलाएको बेलायत हुँदै सोभियत संघसम्मका महाशक्तिहरूले यो भूगोललाई मुठ्ठीमा राख्ने सपना देखे। तर, ती सबैका सपनाहरू यहाँको तातो हावामा खरानी बने। त्यसैले त भूराजनीतिको क्रूर शब्दकोशमा पश्चिम एसिया र मध्यपूर्वलाई 'साम्राज्यहरूको चिहान' (Graveyard of Empires) भनिन्छ। आखिर किन बन्छन् महाशक्तिहरू यहाँ निरीह? उत्तर यहाँको अभेद्य भूगोल र अदम्य राष्ट्रवादमा लुकेको छ। आधुनिक हतियारले सुसज्जित सेनाहरू यहाँको विकट मरुभूमि र छापामार युद्धनीतिसामु घुँडा टेक्न बाध्य हुन्छन्। बाह्य हस्तक्षेपविरुद्ध यहाँका जनताको नसा–नसामा बग्ने धार्मिक र सांस्कृतिक विद्रोहको ज्वालाले विदेशी बुटहरूलाई कहिल्यै लामो समय टिक्न दिँदैन। यो भूगोल छद्म युद्ध (Proxy War) को यस्तो भुमरी हो, जहाँ एउटा शक्तिले पाइला टेक्नासाथ अर्को शक्तिले बारुदको सुरुङ ओछ्याइ...

३ महिने युद्धपछि अमेरिकालाई झड्का, मध्यपूर्वमा इरानको रणनीतिक विजय !

Image
झन्डै ९० दिनसम्म चलेको वासिङ्टन र तेहरानबीचको प्रत्यक्ष सैन्य टकराव अन्ततः एक अप्रत्याशित शान्ति सम्झौतातर्फ मोडिएको छ। इजरायलको प्रत्यक्ष साथ लिएर इरानको इस्लामिक सत्ता पल्टाउने र पश्चिम-अनुकूल सरकार स्थापित गर्ने अमेरिकी महत्वकांक्षी लक्ष्य यस पटक विफल मात्र भएन, यसले विश्व राजनीतिको शक्ति सन्तुलनमै नयाँ कम्पन पैदा गरेको छ। परम्परागत हार र जितको तराजुमा जोख्न कठिन भए पनि, यस युद्धको परिणामले अमेरिकालाई रणनीतिक धक्का र इरानलाई नयाँ शक्तिको रूपमा उभ्याएको छ। सुरुवाती आक्रमणमा इजरायल र अमेरिकाकाे मुख्य निसाना इरानी सर्वोच्च नेता र त्यहाँको आणविक तथा क्षेप्यास्त्र क्षमता नष्ट गर्नु थियो। आक्रमणका क्रममा उच्च इरानी नेतृत्वले ज्यान गुमाए पनि, वासिङ्टन र तेल अभिभले अपेक्षा गरे अनुरूप इरानमा आन्तरिक विद्रोह भएन। बरु, विदेशी हस्तक्षेपको विरोधमा लाखौं इरानी नागरिक सडकमा ओर्लिए। आफ्नो राज्यप्रणाली र सुरक्षा फौज (आईआरजीसी) को रक्षाका लागि जनताले बनाएको मानव साङ्लो र अभूतपूर्व राष्ट्रवादी ऐक्यबद्धताले अमेरिकाको 'सत्ता परिवर्तन' गर्ने रणनीतिलाई चकनाचुर पारिदियो। यस द्वन्द्वले महाशक्ति अमेर...

नक्साबाट मेटिएको त्यो 'खतरनाक' फुटबल टोली !

Image
अमेरिका, क्यानडा र मेक्सिकोमा यतिबेला विश्वकप २०२६ को महाकुम्भ चलिरहेको छ। विश्वभरका फुटबल प्रेमीहरू आ-आफ्ना टोलीको समर्थनमा रमाइरहँदा, फुटबल इतिहासको पानामा कैद भएको एउटा यस्तो टोलीको सम्झना ताजा भएको छ— जसले कुनै समय विश्व फुटबलमा राज गरेको थियो। त्यो टोली थियो, तत्कालीन सोभियत संघ । शीतयुद्धको समयमा अमेरिकासँग अन्तरिक्षदेखि हतियारसम्मको होडबाजी गरिरहेको सोभियत संघले फुटबललाई पनि आफ्नो शक्तिको कडी बनाएको थियो। उपाधि नै उचाल्न नसके पनि आफ्नो उत्कृष्ट खेल शैली र विश्वस्तरीय खेलाडी उत्पादनका कारण यो टोलीको कथा आज पनि फुटबल जगतमा रोचक मानिन्छ। सन् १९५८ को स्विडेन विश्वकपबाट आधिकारिक रूपमा डेब्यु गरेको सोभियत संघले पहिलो प्रयासमै आफूलाई बलियो शक्तिका रूपमा उभ्यायो। ब्राजिल र इंग्ल्यान्डजस्ता महारथीहरूसँग एउटै समूहमा पर्दा पनि टोलीले क्वार्टरफाइनल यात्रा तय गरेको थियो। सोभियत टोलीको सबैभन्दा सानदार प्रदर्शन भने सन् १९६६ को इंग्ल्यान्ड विश्वकपमा देखियो। महान् गोलरक्षक लेभ यासिनको कप्तानीमा रहेको उक्त टोलीले इटाली र चिलीजस्ता टोलीलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो। सेमिफाइ...

विश्वकप २०२६: डेब्युटान्ट कुरासाओमाथि चार पटकको च्याम्पियन जर्मनीको ७-१ को सानदार जित ।

Image
 अमेरिकाको ह्युस्टनमा सम्पन्न फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’ को आफ्नो पहिलो भिडन्तमा पूर्वविजेता जर्मनीले सानदार सुरुआत गरेको छ। चार पटकको विश्वकप च्याम्पियन जर्मनीले पहिलो पटक विश्वकप खेलिरहेको क्यारेबियन राष्ट्र कुरासाओलाई ७-१ को फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा आफ्नो सानदार उपस्थिति जनाएको हो। खेलको सुरुआती छैटौं मिनेटमै फेलिक्स निमेचाको गोलमार्फत अग्रता लिएको युरोपेली पावरहाउस जर्मनीलाई नवप्रवेशी टोलीले केही बेर कडा चुनौती दिएको थियो। करिब १ लाख ५५ हजार मात्र जनसंख्या भएको कुरासाओका लागि २१औं मिनेटमा लिभानो कोमेनेन्सियाले ऐतिहासिक गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याएका थिए। यो कुरासाओको विश्वकप इतिहासकै पहिलो गोल थियो। तर, कुरासाओको त्यो बराबरीको खुसी धेरै बेर टिक्न सकेन। ३८औं मिनेटमा निको स्लोटरबेकले बललाई जाली चुमाउँदै जर्मनीलाई फेरि अगाडि बढाए। त्यसपछि पहिलो हाफको अतिरिक्त (इन्जुरी) समयमा काइ हाभर्ट्जले पेनाल्टीमार्फत गोल गरेपछि जर्मनी ३-१ को सहज स्थितिमा पुगेर पहिलो हाफ टुङ्ग्यायो। दोस्रो हाफ सुरु भएको ६९ सेकेन्ड नबित्दै जमाल मुसियालाले उत्कृष्ट गोल गरेपछि ...

फिफा विश्वकप २०२६: दुई शक्तीशाली टिमकाे महाभिडन्त नतिजा बराबरिमा टुङ्गियाे ।

Image
अमेरिकाको डलासमा सम्पन्न फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'एफ' को आफ्नो पहिलो भिडन्तमा जापान र नेदरल्यान्ड्सले रोमाञ्चक २-२ गोलको बराबरी खेलेका छन्। दुई पटकसम्म पछि परेको अवस्थालाई उल्ट्याउँदै जापानी टोलीले डच टोलीसँग महत्त्वपूर्ण अंक बाँड्न सफल भएको हो। ६९ हजारभन्दा बढी दर्शकमाझ डलास स्टेडियममा खेलिएको यस प्रतिस्पर्धाको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। सुरुवाती समयमा डच टोलीले खेलमा बलियो पकड जमाएको थियो। नेदरल्यान्ड्सका डोनिएल मालेनले गरेका तीनवटा उत्कृष्ट प्रहारलाई जापानी गोलरक्षक जियोन सुजुकीले विफल पारिदिएका थिए। दोस्रो हाफ सुरु भएपछि भने दुवैतर्फबाट आक्रामक खेल प्रस्तुत भयो। ५१औं मिनेटमा रियान ग्राभेनबेर्चले उपलब्ध गराएको क्रसलाई सदुपयोग गर्दै कप्तान भर्जिल भान डाइकले हेडिङमार्फत गोल गरेर नेदरल्यान्ड्सलाई सुरुवाती अग्रता दिलाए। तर, उक्त अग्रता धेरै बेर टिक्न सकेन। ५७औं मिनेटमा ताकेफुसा कुबोको पासमा केइतो नाकामुराले उत्कृष्ट फिनिसिङ गर्दै खेललाई १-१ को स्थितिमा ल्याइपुर्‍याए। त्यसको केही बेरमै, अर्थात् ६४औं मिनेटमा क्रिसेन्सियो समरभिलले जापानी डिफेन्डरहरूलाई छक्याउ...

अवैध इजरायली बस्तीको जमिन बिक्री विरुद्ध लन्डनमा विशाल प्रदर्शन

Image
इजरायल द्बारा कब्जा गरिएको वेस्ट बैंक (West Bank) मा निर्मित अवैध इजरायली बस्तीका जमिन र घरहरू बिक्री गर्ने कुराकाे बिराेधमा बेलायतको राजधानी लन्डनमा आयोजित एक कार्यक्रमको विरोधमा सयौँ प्रो-प्यालेस्टाइनी (प्यालेस्टाइन समर्थक) प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्। आइतबार आयोजित "ग्रेट इजरायली रियल इस्टेट इभेन्ट" (Great Israeli Real Estate Event) का विरुद्ध प्रदर्शन गर्दै प्रदर्शनकारीहरूले "प्यालेस्टाइनको चोरी भएको भूमि अवैध रूपमा बिक्री गर्न बन्द गर" र "तिमीले चोरी गर्नु हुँदैन" जस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेका थिए। जमिन बिक्री मेलाको विरोध भइरहँदा इजरायल समर्थकहरूले पनि काउन्टर-प्रदर्शन (विपक्षी प्रदर्शन) गरेका थिए, जसका कारण त्यहाँको वातावरण निकै तनावग्रस्त बनेको थियो। केही इजरायल समर्थकहरूले "प्यालेस्टाइनको अस्तित्व नै छैन" भन्दै नाराबाजी समेत गरेका थिए। स्थिति नियन्त्रणमा लिन ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो। लन्डनको नगर प्रहरीका अनुसार सार्वजनिक शान्ति भङ्ग गरेको लगायतका विभिन्न आरोपमा प्रदर्शन स्थलबाट १५ जनालाई पक्राउ गरिएको छ।...

संसद्‍मा भीष्मराजकाे भिमकाय गर्जन: पुराना दल खुम्चिँदा कसरी उदाए ?

Image
  बीबीसी भदौको 'जेन जी' (Gen Z) आन्दोलनपछिको निर्वाचनले नेपालको संसदीय राजनीतिमा ठूलो उलटपुलट ल्यायो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को झन्डै दुईतिहाइ बहुमत रहेको संसद्‍मा नेपाली कांग्रेस जम्मा ३८ सीटमा खुम्चिँदै दोस्रो स्थानमा पुग्यो। गगन थापासहितका प्रखर नेताहरू पराजित भएपछि कांग्रेसले   भीष्मराज आङ्देम्बे लाई संसदीय दलको नेता बनायो। सुरुमा प्रभावशाली नेता नहुदा प्रतिपक्षको आवाज कमजोर हुने लख काटिए पनि बुधबार संसद्‍को रोस्ट्रममा उभिएर आङ्देम्बेले गरेको ओजिलो भाषणले यतिबेला राजनीति र सामाजिक सञ्जाल तताएको छ। प्रधानमन्त्री 'बालेन' को भारत टिप्पणीमाथि प्रहार प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन' ले नेपाल-भारत सीमा विवादबारे संसद्‍मा दिएको अभिव्यक्ति (“भारतले नेपालको मात्रै होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ...”) प्रति आङ्देम्बेले कडा आपत्ति जनाए। यही विषयलाई लिएर बुधबार तेस्रो पटक रोस्ट्रम उक्लिएका आङ्देम्बेले शिष्ट तर कडा विम्ब प्रयोग गर्दै सरकार, प्रधानमन्त्री र सभामुखको भूमिकामाथि प्रश्न उठाए। उनले बोलिरहँदा सत्तापक्षका सांसदहरूले टेबल...

विश्वकप फुटबलमा इतिहासमा उदाउदाे कतारको ऐतिहासिक पहिलो अङ्क: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी

Image
सान फ्रान्सिस्को ,       इन्जुरी समयको अन्तिम मिनेटमा कप्तान बोउलेम खोउखीले उत्कृष्ट गोल गरेपछि कतारले फिफा विश्वकप २०२६ मा स्विट्जरल्यान्डलाई १–१ को रोमाञ्चक बराबरीमा रोकेको छ। शनिबार राति सम्पन्न यस खेलसँगै कतारले विश्वकप इतिहासमा आफ्नो पहिलो ऐतिहासिक अङ्क (Point) समेत जोड्न सफल भएको छ। सन् २०२२विश्वकप फुटबल मा आयोजकका रूपमा विश्वकपमा डेब्यु गर्दा आफ्ना सबै तीन खेलमा पराजय बेहोरेको कतारका लागि यो अङ्क ऐतिहासिक उपलब्धि हो। लगातार दुई पटक (२०१९ र २०२३) को एसियन कप विजेता कतारले यसपटक छनोट चरण पार गर्दै विश्वकपमा स्थान बनाएको हो। खेलको सुरुवाती मिनेटदेखि नै मिडफिल्डमा वर्चस्व जमाएको स्विट्जरल्यान्डले १७ औँ मिनेटमा अग्रता लिएको थियो। स्विस स्ट्राइकर ब्रिल इम्बोलोले पेनाल्टीलाई गोलमा परिणत गर्दै टोलीलाई १–० को अग्रता दिलाए। यो उनको राष्ट्रिय टोलीका लागि २५ औँ अन्तर्राष्ट्रिय गोल समेत थियो। त्यसअघि खेलको तेस्रो मिनेटमै स्विट्जरल्यान्डका अनुभवी डिफेन्डर मानुइल एकान्जीले गल्ती गर्दा कतारले गोलको सुनौलो अवसर पाएको थियो। तर, इडमिल्सन जुनियरको प्रहारलाई स्विस गोलरक्षक ग्रेगर ...

विश्वकप २०२६: नेदरल्यान्ड्स र जापानबीच महाभिडन्त, कसले मार्ला बाजी?

Image
काठमाडौँ — फिफा विश्वकप २०२६ अन्तर्गत आज आइतबार समूह ‘एफ’ को सर्वाधिक प्रतिक्षित खेलमा दुई धुरन्धर टोलीहरू आमनेसामने हुँदैछन्। युरोपेली पावरहाउस नेदरल्यान्ड्स र फुटबलकाे एसियाली बाघ  जापान बीचको यो रोमाञ्चक भिडन्त नेपाली समयअनुसार बिहान पौने २ बजे सुरु हुनेछ। अमेरिकाको टेक्ससस्थित ९४ हजार दर्शक क्षमताको भव्य 'एटी एन्ड टी स्टेडियम' मा हुने यस खेलमा दुवै टोली स्पष्ट ३ अङ्क जोड्ने लक्ष्यका साथ मैदान उत्रनेछन्। फिफा वरीयतामा नेदरल्यान्ड्स आठौँ र जापान १८औँ स्थानमा रहेका छन्। चोटको संकट: स्टार खेलाडीहरू टोलीबाहिर खेल रोमाञ्चक हुने अनुमान गरिए पनि दुवै टोली यतिबेला प्रमुख खेलाडीहरूको चोटका कारण दबाबमा छन्: नेदरल्यान्ड्स (डच टोली): डिफेन्डर जुरिन टिम्बर, मिडफिल्डर जाभी सिमोन्स र जर्डी स्काउटन चोटका कारण बाहिरिएका छन्। यद्यपि, कप्तान भर्जिल भान डाइकको नेतृत्वमा रहने टोलीमा फ्रेन्की डी जोङ र कोडी गाक्पो जस्ता स्टारहरू उपलब्ध छन्। जापान (सामुराई ब्लु): स्टार विङ्गर काओरु मितोमा, ताकुमी मिनामिनो र कप्तान वातारु एन्डो आज मैदानमा हुने छैनन्। एन्डोको अनुपस्थितिमा को इताकुराले कप्तानी सम...

फिफा विश्वकप २०२६: घरेलु मैदानमा अमेरिका 'हाबी', पराग्वेमाथि ४–१ को ऐतिहासिक र फराकिलो जित ।

Image
 नयाँ खुलासा, खेल डेस्क। फिफा विश्वकप २०२६ को महाकुम्भ अन्तर्गत लस एन्जलस स्टेडियममा खेलिएको समूह 'डी' को बहुप्रतीक्षित खेलमा सह–आयोजक संयुक्त राज्य अमेरिका (USA) ले सानदार सुरुवात गरेको छ। शनिबार भएको रोमाञ्चक प्रतिस्पर्धामा अमेरिकाले उत्कृष्ट आक्रामक फुटबलको नमुना प्रस्तुत गर्दै पराग्वेमाथि ४–१ को प्रभावशाली र फराकिलो जित दर्ता गरेको हो। सुरुवाती मिनेटदेखि नै पराग्वेको रक्षापङ्क्ति (Defense) माथि शृङ्खलाबद्ध आक्रमण बुनेको अमेरिकाले खेलको सातौँ मिनेटमै अग्रता लिएको थियो। अमेरिकाले सिर्जना गरेको चर्को दबाबका कारण पराग्वेका डिफेन्डर डामिन बोबाडिला ले बललाई आफ्नै पोस्टको दिशा दिएपछि अमेरिकाले आत्मघाती गोल (Own Goal) बाट उपहार स्वरूप पहिलो अग्रता पायो। त्यसपछि झन् आक्रामक बनेको अमेरिकी टोलीले पहिलो हाफमै थप दुई गोल गर्दै खेललाई पूर्ण रूपमा आफ्नो पकडमा राख्यो। पहिलो हाफमै ३–० को बलियो अग्रता बनाएपछि पराग्वे खेलमा फर्कने सम्भावना निकै न्यून बनेको थियो। अमेरिकाको यो ऐतिहासिक जितमा युवा फरवार्ड फ्लोरिन बालोगन (Folarin Balogun) नायक बने। उनले पराग्वेको रक्षापङ्क्तिलाई छिन्नभिन्न पार्द...