फिफा विश्वकप २०२६: घरेलु मैदानमा अमेरिका 'हाबी', पराग्वेमाथि ४–१ को ऐतिहासिक र फराकिलो जित ।
नयाँ खुलासा, खेल डेस्क।
फिफा विश्वकप २०२६ को महाकुम्भ अन्तर्गत लस एन्जलस स्टेडियममा खेलिएको समूह 'डी' को बहुप्रतीक्षित खेलमा सह–आयोजक संयुक्त राज्य अमेरिका (USA) ले सानदार सुरुवात गरेको छ। शनिबार भएको रोमाञ्चक प्रतिस्पर्धामा अमेरिकाले उत्कृष्ट आक्रामक फुटबलको नमुना प्रस्तुत गर्दै पराग्वेमाथि ४–१ को प्रभावशाली र फराकिलो जित दर्ता गरेको हो।
सुरुवाती मिनेटदेखि नै पराग्वेको रक्षापङ्क्ति (Defense) माथि शृङ्खलाबद्ध आक्रमण बुनेको अमेरिकाले खेलको सातौँ मिनेटमै अग्रता लिएको थियो। अमेरिकाले सिर्जना गरेको चर्को दबाबका कारण पराग्वेका डिफेन्डर डामिन बोबाडिलाले बललाई आफ्नै पोस्टको दिशा दिएपछि अमेरिकाले आत्मघाती गोल (Own Goal) बाट उपहार स्वरूप पहिलो अग्रता पायो।
त्यसपछि झन् आक्रामक बनेको अमेरिकी टोलीले पहिलो हाफमै थप दुई गोल गर्दै खेललाई पूर्ण रूपमा आफ्नो पकडमा राख्यो। पहिलो हाफमै ३–० को बलियो अग्रता बनाएपछि पराग्वे खेलमा फर्कने सम्भावना निकै न्यून बनेको थियो।
अमेरिकाको यो ऐतिहासिक जितमा युवा फरवार्ड फ्लोरिन बालोगन (Folarin Balogun) नायक बने। उनले पराग्वेको रक्षापङ्क्तिलाई छिन्नभिन्न पार्दै व्यक्तिगत दुई उत्कृष्ट गोल गरे। कप्तान र अन्य मिडफिल्डरहरूको सटिक पासलाई बालोगनले प्रहार गर्दा पराग्वेका गोलरक्षक निरिह देखिएका थिए।
समूह 'डी' को अंक तालिकामा अमेरिका बलियो
यो सानदार जितसँगै महत्वपूर्ण ३ अङ्क जोड्दै अमेरिका समूह 'डी' को शीर्ष स्थानमा रहँदै नकआउट चरणका लागि बलियो दाबेदार बनेको छ। सुरुदेखि नै प्रतिरक्षात्मक (Defensive) रणनीतिमा बढी जोड दिएको पराग्वे भने अमेरिकी द्रुत गतिको काउन्टर अट्याक रोक्नमै ब्यस्त रह्यो। यो बिर्सनलायक हारपछि पराग्वेमाथि प्रतियोगिताको आगामी खेलहरूका लागि ठूलो दबाब सिर्जना भएको छ।
यसअघिका खेलहरूमा मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० ले र दक्षिण कोरियाले चेक गणतन्त्रलाई २–१ ले पराजित गरिसकेका छन्। विश्वकपका खेलहरू अघि बढ्दै जाँदा नकआउट चरणको समीकरण झन् रोचक बन्दै गएको छ। विश्वकप फुटबलका यस्तै ताजा, निष्पक्ष र भित्री अपडेटका लागि 'नयाँ खुलासा' हेर्दै गर्नुहोला।
Comments
Post a Comment